“विस्वको एक अलौकिक प्राकृतिक गुफा हलेसी मारातिका (हलेसी महादेव मन्दिर)।“


                                                                       फोटो  स्रोत: सामाजिक संजाल।


नेपालको पूर्वी भेग प्रदेश न. १ को खोटाङ्ग जिल्लामा अवस्थित हिन्दु,किरात  र बौद्ध धर्मको संगम स्थल पुर्वको पशुपतिनाथ भनेर चिनिन्ने हलेसी महादेव (हलेसी मारातिका  गुफा) यसै जिल्लाको पश्चिमी  भेगको हलेसी तुवाचुंग नगरपालिका वडा न. ७ मा पर्दछ।

   हेर्दा खेरि  आश्चर्य लाग्ने यो प्राकृतिक  गुफा र महादेव मन्दिर विश्वको सर्वोच्च शिखर सगरमाथाको काखबाट १८५ किमि दक्षिण पश्चिम भेगमा पर्दछ।  ईतिहास हेर्ने हो भन्ने धेरै किसिमको तथ्यहरु रहेको पाईन्छ।  पुर्खा बाजे हजुर बाजेको कथा सुन्ने हो भने यो हलेसी महादेवको गुफा, कुनै समयमा यहि ठाउको बासिन्दाको गाई हराए  पछि खोज्ने क्रममा यो गुफा भित्र नै गाई रहेको भन्ने किवदन्ती सुन्न  पाईन्छ।  जुन गाईले भगवान शिवलाइ शुद्द आफ्ना थुनबाटै  दुध चढाई  रहेको भन्ने सुन्न पाइन्छ। यसरि यो गुफा पत्ता लागेको हो भन्ने किवदन्ती रहेको छ।
         
        अर्को तिर हिन्दु धर्म को कुरा हेर्ने  हो भने , यो गुफामा भगवान शिव ७००० वर्ष पहिले भस्मासुर राक्षसबाट भाक्ने क्रममा दक्षिणी भेगको बसाहा गुफा बाट छिरी त्यस  गुफाबाट चट्टान फोरी हलेसी मारातिका  गुफामा लुकेको भन्ने विश्वास गर्ने   गरेको किवदन्ती ताजै रहेको पाईन्छ साथै भगवान शिवले आफ्नो पैतालाको छाप पनि हेर्न सकिन्छ।
 
       यो गुफा किरात ,बौद्ध र हिन्दु धर्मको संगम थलो हो भनेर पनि चिनिन्ने गरेको पाईन्छ। यो गुफा सतह देखि ६७ फिट  तल रहेको छ।  यो प्राकृतिक बनोट भएको गुफा हेर्दा एकदम आश्चर्यजनक एक पर्यटन गन्तव्य रहेको पाईन्छ। जतिपनि पर्यटकहरु आई  यो गुफालाई हेरी अच्चमित हुने गरेको पाइन्छ  र साथै एक चोटी यो अचम्मको तिर्थस्थल ,पर्यटकीय गन्तव्य आउन्नलाई  आग्रह गरेको पनि पाईन्छ।

यो गुफाको प्रवेशद्वार आधा चन्द्रमाको आकारको देख्न सकिन्छ  र यस गुफाको मुख (अनुहार) पूर्वतिर फर्किएको छ। यसै गुफासंग १९३ फिट मुनि दक्षिणी  भेगमा अर्को गुफा रहेको छ जसलाई बसाहा गुफा भनेर चिनिन्छ सरदर १५० फिट लामो २० फिट चौडाई १५ फिट उचाई भएको यस गुफाको प्रवेशद्वारसंगै वसाहाको आकृति भएको पत्थर प्राकृतिक रुपले वनेको शिवलिङ्ग मानिन्छ ।यसलाई महादेवको स्वरुपमा पूजा गरिन्छ। यस गुफा भित्र चट्टानद्वारा आकिकृत अचम्मका शिलाहरु देख्न सकिन्छ, यसै गुफा बाट भित्र गइ हेर्ने हो भने आकाश देखिन्ने भएकोले यो गुफालाई आकाश हेर्न मिल्ने गुफा भनेर पनि चिनिन्ने गरेको पाईन्छ यहि आकाश देखिन्ने गुफाबाट नै अर्को गुफामा गइ भगवान शिव लुकेको भन्ने किवदन्ती रहेको पाइन्छ।  साथै यहि गुफा भगवान शिवले आफ्नो पाइला चट्टानमा आकिकृत गरेको देख्न सकिन्छ।

यस गुफामा  विभिन्न धर्मद्वार, पापद्वार इत्यादी रहेको पाइन्छ। यो हलेशी महादेवस्थान वि.स १८४३ सालमा नै प्रीति गुठी विर्ताको रुपमा कायम भइ आएको र वि.स. १८६१ मा सदर भएको लालमोहरको ताम्रापत्रबाट यसको पुरातात्विक महत्व प्रष्ट हुन्छ । यहाँ प्रत्येक दिन महन्तद्वारा पूजा हुनुको साथै प्रत्येक रामनवमी, बालाचतुर्दशी, तीज र शिवरात्रीमा ठूलो मेला लाग्दछ ।  दिक्तेलवाट ११ कोषको दूरीमा रहेको यस देवस्थानसँगै बौद्ध गुम्वा पनि रहेको छ जसलाई मारातिका गुम्वाको नामले चिनिन्छ । बौद्ध धर्मालम्वीहरु पनि यस देवस्थानमा दर्शन गर्न आउने गर्दछन् । हरेक बौद्ध तथा हिन्दू धर्मावलम्बीले महादेव र वुद्ध दुवैको दर्शन गरी पूजा पाठ गर्दछन् ।
    अब सुनोउ हलेसी नाम कसरि आउन्न गयो भनेर ,किरात राईहरुको बाहुल्यता भएको यो ठाउँ , "हँ " भनेको "देउता" र "लैसी" भनेको "निकाल्यो " यहि दुई  शब्दहरुलाई  मिलाई  'हलैसी' हुन गयो यहि शब्दको अप्रभंश भई हलेसी हुन गएको भन्ने किवदन्ती रहेको पाईन्छ।

पुर्वको पशुपतिनाथ भनेर चिनिन्ने  यो हिन्दु,किरात  तथा बौद्ध धर्मको धार्मिक संगम दुई ओटा पवित्र नदीहरु दुधकोशी र सुनकोशीको नदीको बिचमा रहेको छ। यो स्थान विश्वको अग्लो चुचुरो सगरमाथाको काखमा अवस्थित रहेको कारणले हिमाली चिसोको आनन्द पनि लिन सकिन्ने हुदा प्राय जसो चिसो नै हुने गरेको पाईन्छ।  यस मन्दिर बाट उतरी भेग तिर हेर्ने हो भने बिहानी सुर्यको किरणले टलक्क तल्काएको सेता दाँतका पङ्ति झैँ हिमालका लहरहरुले पर्यटकहरुलाई मोहित तुल्याउन्ने गरेको पाइन्छ ,यहि दृश्य हेर्न  साथै पुर्वको पशुपतिनाथको दर्शन गर्न पर्यटकहरु आउने गरेको पाइन्छ। यो मन्दिरमा भक्तजनहरु भारतका केहि सहरहरु लड़निया तथा जयनगर लगायत विश्वका धेरै ठाउँहरुबाट कैयौँ  पहाडहरु पार  गर्दै यस मन्दिरमा   दर्शन गर्न आउँने गरेको पाइन्छ।

 यस क्षेत्र एकचोटी सबैजना पुग्नु पर्ने एक पर्यटकीय गन्तब्य हो भन्ने मा दुइ मत छैन, एकचोटी अवस्य जानु होला।
यो पुर्वको पशुपतिनाथ देशको राजधानी काठमाडौँबाट २२० किमि  पुर्व रहेको छ।  लगभग यातायातको माध्यमबाट  ६ घण्टा ३० मिनेट समय लाग्ने अनुमान गर्न सकिन्छ।




धन्यवाद।
कृपया के  कस्तो लाग्छ प्रतिक्रिया जनाई दिनुहोला।
Intact Nepal

Hi, I am IntactNepal, CEO of IntactNepal. I am a man whose road to success is under construction. A freelancer blogger by fate & blogging by passion. You can add me to the social profiles below.

1 Comments

Please don't enter any spam link in the comment box.

Previous Post Next Post