जब म तिम्रो साथमा
भरखरै फुल्न लागेको कोपिला झै
रमिरहदा, तुच्छ भमराले झैँ
चुड्याइ झारे झैँ गरि छोडी जादा
अब म तिमिलाई के सुनाऊ?
छोटो समय भए पनि
तिमी संगै खुशी थिए
आधा परेली बाटो संगै हिड्यो
भन्दा भन्दै बाटा नै बिरसिने भएछु
अब म तिमिलाई के सुन्नऊ?
तिमी सङ्ग हिड्ने ती गल्लिहरुले
सधै तिम्रो अनि मेरो पाइतालाहरु खोजिरन्छ,
ती पाइतालाहरुको दोब, बिच एक छेउमा टुक्रिएको
पाइताला मेरो हो नि,
अब म तिमिलाई के सुनाऊ?
जब म एकजोडी जुत्ता झै सम्झिन्थे
तिमी र मलाई आज एक्लो
भएको छु, जहाँ कि देब्रो अनि दाहिने जुत्ता बिचको सम्बन्ध छुट्टिएको छ नि,
न त देब्रो मात्र लगाउन्न मिल्ने
न त दाहिन्ने मात्र।
यस्तै छ मेरो कथा
अब म तिमिलाई के सुनाऊ?
जब नि म सपना देख्थे
तिमी अनि म एकै रथका दुई पाङ्ग्रा
आज एक पाङ्ग्रे भएको छु,
जहाँ छु त्यही अड्किरहेछु
अब म तिमिलाई के सुनाऊ?
जहाँ जान्थे तिमी संगै हुन्थे
एक पाइला पछि अर्को...
अनि एक धड्कन देखि अर्को...
जहाँ एक पाइला बन्द भयो
अनि अर्कि धड्कन रोकिगयो
आज जिउदो लास भएको छु
अब म तिमिलाई के सुनाऊ?
Tags:
Poem