“एक अदभूत कलात्मक दृश्य ऐतिहासिक स्थल काक्रेबिहार, वीरेन्द्रनगर सुर्खेत।“


                                                                                                                 (फोटो  स्रोत: सामाजिक संजाल। )
चार जात  छत्तिस वर्णको साझा फुलबारी को देश नेपालको मध्यपश्चिम कर्णाली प्रदेश अन्तर्गत पर्ने एक नगरपलिका हो विरेन्द्रनगर। यो नगरपालिका सुर्खेत जिल्लामा पर्दछ। यो नगरपालिका एक विशेष शहरको रुपमा  चिनिन्ने गरिन्छ, यस शहर विरेन्द्रनगरलाई दिवागत राजा विरेन्द्रको सम्मानमा नाम दिईएको भन्ने ईतिहास सुनिन्छ।  यस योजनालाई नेपालको पहिलो योजनाबद्ध शहरको  रुपमा चिनिन्छ। त्यसैले  त यो शहरलाई खास शहर भन्ने गरिन्छ।

वीरेन्द्रनगर  नगरपालिका पहाडै पहाडहरुले घेरिएको सुर्खेत उपत्यकाको मुटुको रुपमा चिनिंदै आएको छ। यो नगरपालिका यस उपत्यकाको मुटु हुनुको कारण इतिहास नै  छ दै छ तर पनि यो शहरलाई  खास बनाउन्न काक्रेबिहार ,देउति बजाई,मंगलगढी जस्ता धार्मिक तिर्थस्थल रहेको छ भने यसै नगरपालिकालाई सामुन्द्रिक लहरको सुशेली दिने बुलबुले ताल जस्ता तालतलैया रहेको छ।  यस नगरपालिका साविक उत्तरगंगा तथा लतिकोइलि गाउँ विकास समिति मिलि बनेको हो।

काक्रेबिहार
काक्रेबिहार एक प्रसिद्ध धार्मिक तिर्थस्थल हो ,यसलाई हिन्दु र बौद्ध धर्मको संगम स्थल भनेर पनि चिन्ने गरिन्छ। काक्रेबिहार हिन्दु -बौद्ध मन्दिर जुन सानो पर्वतमा अवस्थित छ  जुन नेपालको सुर्खेत जिल्लाको  साबिक लतिकोईली गाविसमा  हाल बीरेन्द्रनगर नगरपालिकामा अवस्थित छ।

 यस पहाडको टुप्पोमा १२ औं शताब्दीको ढुंगाको मन्दिर रहेको  छ र यसले यस क्षेत्रका मानिसहरूले बौद्ध धर्मको साथमा हिन्दू धर्मको पनि अभ्यास गरेको देखाउँदछ। कुँदिएका ढुंगा  र काँसाका मूर्तिहरूले बुद्धको प्रतिमा झल्काउँछन्, र सरस्वती र गणेशलगायत थुप्रै हिन्दू देवीदेवताहरू प्रतिमा झल्काउने गर्दछ।
यस हिन्दु-बौद्ध मन्दिर  १८  औं शताब्दीमा निर्माण भएको हो भन्ने  विश्वास गरिन्दै आएको छ । यो मन्दिर मल्लकालीन राजाले बनाएको  हो भन्ने तत्थ्यहरु सुन्न पाइन्छ। यो स्थानलाई बुद्धको बिहार पनि भनिन्छ जुन बुद्धको स्थान वा क्षेत्र हो भन्ने अर्थ हुन्छ, र  प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध ठाँउ रहेको छ ।
यो मन्दिर काक्राको बीउ जस्तो आकारको देखिन्ने भएकोले यसलाई काक्रेबिहार भनिन्छ र यसको नामको बारेमा पौराणिक महत्व छुट्टै रहेको छ।

काक्रेबिहारको मुख्य आकर्षणको केन्द्र रहेको छ यहाँ हरियो जङ्गलको  विभिन्न दृश्य र विभिन्न प्रजातिका चराहरूका दृश्यहरू समावेश छन् र यस ठाउँले देशका विभिन्न भागबाट विभिन्न समुदायका मानिसहरुलाई काक्रेबिहार पदयात्रा र यसको समृद्ध कला हेर्न आकर्षित गर्दछ।
काक्रेबिहारका धेरै चरणहरू यस क्षेत्रका मानिसहरू माझ प्रसिद्ध छन् र स्थानीय गाउँले(पुर्खा हजुरबा ,जिजुबा ) हरूले भन्ने गरेको  थिए कि “पाण्डवास” (महाभारतका नायकहरू) यस ठाउँमा आएर, उनीहरूको बस्ने ठाउँको लागि कुटी बनाएर उनीहरूले बनबास काल बिताउन्ने  जस्ता पौराणिक किवदन्ती अझै पनि ताजै रहेको भेटिन्छ। यो ठाउँ नेपालमा मात्र नभई  विभिन्न देश-विदेशमा प्रख्यात रहेको देखिन्छ  विशेष गरी जापान, चीन र तिब्बत जस्ता बौद्ध मुलुकहरुमा दिन प्रतिदिन प्रसिद्ध हुँदै गइरहेको  छ र यी देशका धेरै पुरातत्त्वविद्हरु काक्रेबिहार भ्रमण गर्न आउने गरेको भेटिन्छन  र यसको कला र महत्त्वको बारेमा अझ बढी तथ्य पत्ता लगाउन कोशिस गर्ने गरेको पाइन्छ।

यद्यपि काक्रेबिहार एक उत्तम पैदल यात्रा(र्ट्रेकिंग) को  गन्तव्य  हो भन्नेमा दुइ मत नहोला  र यहाको समृद्ध कला र हरियाली जङ्गल , धेरै प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्नका लागि  एक  पर्यटकीय गन्तव्य हो भन्नेमा गौरव साथ किटानी  गर्न सकिन्छ। सामान्य  तरिकामा हेर्ने हो भने,  यस ठाउँ  यस काक्रेबिहार मन्दिरको पनि कला, हरियाली वन जंगल ,विभिन्न प्रकारका चरचुरुन्गीहरुले विश्वव्यापी  रूपमा  सुपरिचित गर्दै आईरहेको छ ,साथै कलाको लागी सबैभन्दा प्रभावकारी स्रोत हो भन्नसकिन्छ  र देखिन्छ र यस मन्दिरले  यसको पुरानो कला र महत्त्व बारेमा झझल्को दिने गर्दछ। साथै यस्तो कला  हाम्रो राष्ट्र बाहेक अरु कुनै पनि राष्ट्रमा नभएको भन्ने कुरा पुरातत्त्वविद्हरु बताउदै आएको भन्ने सुनिन्छ।

यस काक्रेबिहार (हिन्दु-बौद्ध मन्दिर) ले वीरेन्द्रनगको अदभूत दृश्यको घमण्डको ताज पहिराइदेको  छ। यो सुन्दर ठाउँ निरन्तर महत्त्वपूर्ण पर्यटन स्थलहरु मध्ये एक स्थल हो जहाँ  हजारौं मानिसहरू धार्मिक उद्देश्यका साथसाथै प्रकृतिको कायाकल्पित वातावरणको लागि आउँने गर्दछन् । महत्त्वपूर्ण पुरातात्विक, सांस्कृतिक र धार्मिक प्रदर्शनहरू शहरको संग्रहालयमा भेट्न सकिन्छ, जसले स्थानको बारेमा तथ्यहरू सुरक्षित गर्न टेवा पुर्याउन्ने गर्दछ।  वि.स. १९८० को  ठूलो भूकम्पले विनाश गरेपछि यसको पुनर्निर्माण भइरहेको छ। शिल्पकर्मीहरूद्वारा  मन्दिरको पुनर्निर्माणको क्रममा  उत्खननपछि हिन्दू र बौद्ध धर्मसित सम्बन्धित धेरै मूर्ति र अन्य कलाहरुको  तथ्य पत्ता लगाइएको छ।

विभिन्न कलात्मक शैली बाट निर्मित यो मन्दिर हेर्न एक चोटि  जानै पर्ने ठाउँ हो भन्नेमा ढुक्क साथ भन्न सकिन्छ। यो एक रमणीय स्थल हो धार्मिक तथा पैदल यात्राको लागि प्रसिद्ध स्थल जहाँ कलात्मक दृश्य संगै  मनमोहोक कायापलट चराचुरुंगीको ति मधुर सुशेली,रमणीय हरियाली जंगलको साथ रम्न भए नि जानै  पर्ने ठाउँको रुपमा  चिन्न  सकिन्छ।

साथै स्वदेशी तथा विदेशी  पर्यटकहरुलाई  यहाका स्थानीयबासी लगायत कलात्मक मन्दिर ,हरियाली वन-जंगल,चरचुरुङ्गिहरुले  स्वागत गर्न तत्पर रहेको देखिन्छ।




कृपया के कस्तो छ ? के मा सुधार गर्नु पर्ने छ प्रतिक्रिया दिनु होला।
साथै सेयर गरिदिनुहोला।
म आफुले नेपालको सम्पूर्ण रमणीय क्षेत्र तथा धार्मिक स्थल साथै बितेका पलहरुको  बारेमा खोज गरि हजुरहरु माझ  ल्याउन्ने जमर्को गरेको छु।
हेर्दै गर्नुहोला धन्यवाद। 
Intact Nepal

Hi, I am IntactNepal, CEO of IntactNepal. I am a man whose road to success is under construction. A freelancer blogger by fate & blogging by passion. You can add me to the social profiles below.

Post a Comment

Please don't enter any spam link in the comment box.

Previous Post Next Post