स्रोत: सामाजिक संजाल।
मध्यपहाडी क्षेत्रमा रहेको मेरो गाउँको छुटै पहिचान छ यस ठाउँ अलिक फरक परिवेश रहेको छ ,हेर्ने हो भने यो ठाउँ सामुन्द्रिक सतह देखि ३१००-४७३४ फिट माथि रहेको छ ,हेर्दा यो ठाउँ अपत्यारिलो जस्तो लाग्ने भएता पनि एक अलौकिक ठाउँ रहेको छ। लाग्छ यो ठाउँ जस्तो फरक प्रकृतिले सिर्जेको यस्तो ठाउँ सायद अरु कुनै ठाउँमा नहोला।
रमणीय एक क्षेत्र जहाँ प्राकृतिक वनावट भएको विभिन्न धार्मिक स्थल साथै समय अनुसार यस ठाउको उत्पादन भएको विभिन्न सामग्री, सास्कृतिक कार्यक्रम सँग मन भुल्याउन्न सकिने ठाउँ हो मेरो गाउँ। हिमाली लहर संगै बिहानीको किरण संग रमाउन्न सकिन्ने एक मेरो आत्मीय क्षेत्र वा भनोउ मेरो जन्म थलो। जहाँ लाग्छ जन्मोउ जन्म यहि हरियाली संगै प्राकृतिक धार्मिक तिर्थस्थल भएको यसै ठाउँ सँगै आत्मियता कायम गरौं जस्तो। सबै मानव जातिहरुलाई आफ्नो जन्मथलो त प्यारै लाग्छ नि होइन तँ?
यो क्षेत्रमा धेरै धार्मिक तिर्थ स्थल रहेको छ। हिन्दु,किरात तथा बौद्ध धर्म को संगम स्थल हलेसी महादेव (पुर्वको पशुपतिनाथ ), बशाह गुफा ,लगायत विभिन्न मठमन्दिर रहेको छ क्रमश लेख्ने कोसिस गरेको छु।
हलेसी महादेव (पुर्वको पशुपतिनाथ):
यो मन्दिर किरात,हिन्दु र बौद्ध धर्मको संगम स्थल हो। यो एक अचम्मित प्राकृतिक गुफा हो। यस मन्दिरमा विभिन्न रास्ट्रको हजारौँ पर्याटकहरु दर्शन गर्न आउँने गरेको छ साथै अचम्मित हुने गरेको पाईन्छ। यो गुफा हलेसी तुवाचुंग नगरपालिकाको वडा न. ७ मा पर्दछ।
बशाहा गुफा :
हलेसी महादेव गुफासंगै दक्षिणी भेगमा रहेको यो गुफा प्राकृतिक वनोट भएको गुफा नै हो। आकाश देखिन्ने भएकोले आकाश देखिन्ने गुफा भनेर पनि चिनिन्ने गरिन्छ। साथै यसै गुफा संगै रानीपोखरी पनि रहेको छ। गुफा संगै एक खुल्ला चौंर रहेको छ जहाँ विभिन्न समयमा विभिन्न मेला लाग्ने गर्दछ। जस्तै रामनवी ,बालाचतुर्दशी ईत्यादी। यो गुफा यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
ककनी देवीस्थान
यो धार्मिक स्थल हलेसी महादेव गुफाको पश्चिमी भेगको अग्लो डाडामा रहेको छ। जहाँ हालको बसपार्कबाट २० देखि ३० मिनेट को उकालो बाटो हिडी पुग्न सकिन्छ। साथै यसै ककनी देवीस्थान रहेको पहाडको चुचुरोबाट विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ। यो गुफा यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
मन्जुश्री गुफा
यो गुफा हलेसी महादेव मन्दिरको पुर्व पट्टि रहेको छ। यस मन्दिरमा पुग्नलाई लगभग १०-१५ मिनेटको पैदल यात्रा गरेर जान सकिन्छ। यो गुफामा प्राय जसो बौद्ध धार्मिक व्यक्तिहरु तपस्यामा रहेको भेट्न सकिन्छ। यो गुफा यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
दुङ्गदेलो गुफा
यो गुफा पुर्वको पशुपतिनाथ संगै रहेको छ ,लगभग ५ मिनेट पैदल यात्रा गर्नु पर्दछ। यो गुफा यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
कोट डाँडा
यो एक ऐतिहासिक ठाउँ हो। जहाँ किराती राजा होलेशुङ्गले आफ्नो दरबार बनाई बसेको क्षेत्र। यो हाल हलेसी तुवाचुंग नगरपालिकाको वडा न. ५ मा अवस्थित छ।
ताराखसे गुफा
यो एक प्राकृतिक गुफा हो। यो गुफा हाल हलेसी तुवाचुंग नगरपालिकाको वडा न. ५ मा अवस्थित छ।
पंचावती देवीस्थान
यो गुफा हलेसी महादेव मन्दिरको पश्चिम भेगमा रहेको छ। हिन्दु धर्मका मानिसहरु बेला समयमा पुजा गर्ने गरेको साथै हाल एक पर्यटकीय धार्मिक स्थलको रुपमा चिनिन्छ। हाल यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
कालिका भगवती
खोटांग जिल्लामा नै दिदि बहिनि रहेकोमा दिदि चै यसै नगरपालिका को वडा न. ७ मा पर्दछ, हलेसी महादेवको काखमा रहेकोले कम नाम सुनिन्छ तर बहिनि चै एक प्राख्यत धार्मिक तिर्थस्थलको रुपमा चिनिन्छ जुन मझुवागढ़ी नगरपालिकामा रहेको छ।
सप्तेश्वर महादेव
यो मन्दिर यसै नगरपालिकाको वडा न. ६ मा रहेको छ।
जगदम्बा माई
यो माई एक हिन्दु धर्मलाम्बिहरुको प्रख्यात स्थल हो। यहाँ विभिन्न समयको अवसर (साइत ) पारी पुजा गर्ने गरेको पाइन्छ। यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
धर्मधारेश्वर महादेव
यो मन्दिर यसै नगरपालिकाको वडा न. ७ को सल्लेनी भन्ने ठाउँ रहेको छ। यो मन्दिर संगै रमणीय वन जंगलको शुसेलीमा आनन्द लिन सकिने एक धार्मिक तिर्थस्थल हो।
ऐसेलुखर्क गुफा
यो एक अचम्मको गुफा जहाँ जमिन बाट मुनि जानु पर्ने हुन्छ। यस गुफा बाट छिरेर गएमा कोशीमा पुग्न सकिन्ने किवदन्ती ताजै भेट्न सकिन्छ। हाल यसै गुफा संगै बौद्ध स्तुपा पनि रहेको छ। यो गुफा यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
तुवाचुङ्ग जायाजुम
यो एक एक ऐतिहासिक स्थल हो जहाँ किरात राईहरुको आदिम भूमि भनेर चिनिन्छ। कपासको खेति संगै कपडा उत्पादन गरेको भन्ने इतिहास भेट्न सकिन्छ। यस ठाउँबाट विभिन्न जिल्ला सम्मको दृश्य अवलोकन गर्न सकिन्छ। यस ठाउँमा राईहरुले उधौली-उभौली अवसर पारी साकेला नाच्ने गर्दछ। यो स्थल यसै नगरपालिकाको वडा न. ७ मा पर्दछ।
गुप्तेश्वर महादेव
यो एक अलौकिक गुफा हो, प्रवेशद्वार सानो भए ता पनि भित्र छिरिसकेपछि फराकिलो ठाउँ रहेको छ। यो गुफा तल पानी रहेको छ , साथै माथि बाट तपतप पानी झर्ने हुन्छ साथै भाग्यमानीको हातमा पानी झर्ने भन्ने तथ्य भेट्न सकिन्छ। यो गुफा हाल यसै नगरपालिकाको वडा न. १० मा पर्दछ।
रक गार्डेन (चट्टानको बगैचा )
यो ठाउमा चट्टान नै चट्टान भएको ठाउँ हो। यहाँ बिभिन किसीमका ढुंगाको बनोट भेट्न सकिन्छ हाल यो निर्माणको क्रम रहेको छ। यो गार्डेन ककनी देवीस्थान संगै रहेको छ। यहाँ बाट भिबिन्न जिल्लाहरुको अवलोकन गर्न सकिन्छ।
यी सम्पूर्ण धार्मिक तिर्थस्थल केहि प्रख्यात क्षेत्र हुन् भने अरु धेरै गुफा मठ मन्दिर रहेको ठाउँ हो मेरो गाउ। आफ्नै परिवेश ,आफ्नै क्षेत्र हलेसी तुवाचुंग नगरपालिका। एक अदभुत धार्मिक तीर्थस्थलको क्षेत्र रमणीय वातावरण संगै रम्न सकिन्ने क्षेत्र।
आगन्तुक पाहुनाहरुको स्वागतको लागि यहाँ को धार्मिक स्थल देखि सम्पूर्ण बासिन्दाहरु लालाहित छन् ,एक न एक दिन भ्रमण संगै दर्शनको लागि आउनु नै पर्ने ठाउँ। अतिथि देव भव।
धन्यवाद।
लेख्ने कोशिस गरेको छु , के कमि कमजोरी देख्नु हुन्छ ? प्रतिक्रिया जनाईदिनु होला ।
Tags:
Travel diary