फोटो स्रोत: सामाजिक संजाल।
खोटाङ्ग जिल्लामा अवस्थित दुई नगरपालिका मध्ये सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरीमा अवस्थित रहेको एक नगरपालिका हो हलेसी तुवाचुंग नगरपालिका जुन जलस्रोत को हिसाबले हेर्ने हो भने खोटाङ्ग जिल्ला को नै सुख्खा क्षेत्र भन्न सकिन्छ।यो नगरपालिकामा ११ ओटा वडा रहेको छ प्राय सबै वडालाई सुख्खा क्षेत्र भन्न सकिन्छ। सुख्खा क्षेत्र भए ता पनि यो नगरपालिका भौगलिक द्रिस्तिकोणले हेर्ने हो भने यो नगरपालिका एक अति सुन्दर नगरपालिका को रुपमा चिन्न सकिन्छ किन भने यो नगरपालिकालाई सुन्दर बनाईराख्न पूर्व को पशुपतिनाथ भनेर चिनिन्ने हलेसी महादेव मन्दिर पनि यहि नगरपालिका मा पर्दछ,साथै १५८ वर्ष पहिले तारा खसेको एक ईतिहास रहेको ठाउ जसलाई तारखासे भनिन्छ जुन एक ऐतिहासिक क्षेत्र यहि नगरपालिका मा पर्दछ साथै कोट डाडा ,ककनी देवीस्थान ,कालिका भगवती,तुवाचुंग जायाजुम,भुम्जु डाडा, जगदम्बा माइ, गुप्तेश्वर महादेव जस्ता प्राकृतिक सौन्दर्य तथा धार्मिक संगम केन्द्र यसै नगरपालिका मा रहेको पाइन्छ।
यो नगरपालिकाको क्षेत्रफल २८०.१७ बर्ग किलो मिटर रहेको छ भने यस नगरपालिका पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिपु्रङ गाउंपालिका र पुर्वि भागमा रुपाकोट मुझुवागडी नगरपालिका संग नङ्ग मासुको साइनो गासेको छ भने उत्तरी भेगमा लामीडांडा गाउंपालिका सँग आत्मियता कायम नै गरेको छ । यस नगरपालिकाका दुइ तिरको भाग दुधकोशी नदि सुनकोशी नदिले घेरेको भए ता पनि कोशी आसपासका केहि भाग बाहेक अधिकांस भुभाग सुखा नै रहेका छन। सबै वडामा पानीको आपूर्ति पुरा गर्न यस नगरपालिकाले दुधकोशीबाट पानी तानेर सबै क्षेत्रमा पानीको आपूर्ति पुरा गर्न लागिपरेका छन जुन हाल काम भई नै रहेको छ, यो सुख्खा क्षेत्र लाई भरपुर पानीको मात्र पुरा गरियो भने साच्चै नै यो नगरपालिका देशको एक नमुना नगरपालिका रहेने देखिन्छ ।
प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०६८ को जनगणना अनुसार जनसंख्या २९५३२ (हलेसी तुवाचुङ नगरपालिका नगर पार्श्वचित्र २०७४/७५ अनुसार जनसंख्या ३२४४६) रहेको छ। यो नगरपालिकामा रामनवमी, बालाचतुर्दशी, तीज र शिवरात्रीमा ठूलो मेलाले लाग्ने कारणले पनि यो नगरपालिकामा तीर्थयात्रीहरु धेरै नै आउने गरेको पाईन्छ। साथै प्राकृतिक सौन्दर्य तथा धार्मिक संगमको थापथालो भएको कारणले तिर्थालु भक्तजन (पर्यटक) हरु आउने गरेको पाईन्छ।
यो क्षेत्र राई जातिको बाहुल्य भएको साथै यसै नगरपालिकामा आदिम किरातीहरुको ऐतिहासिक थापथालो तुवाचुंग जायाजुम भएकोले उधौली तथा उभौली पर्वमा साकेला(चण्डी) नाच्ने चलन रहेको पाइन्छ जसले गर्दा पर्यटकहरुलाई मोहित तुल्याएको छ।
यो नगरपालिका सुख्खा क्षेत्र भएकोले सुख्खा क्षेत्रमा उब्जाउ हुने बदाम यहि नगरपालिका मात्र नभई छिमेकी जिल्ला ओखलढुंगा देखि नेपालका मुख्य सहरहरुमा पठाउन्ने गरेको पाइन्छ। यो क्षेत्रलाई सुन्तला उत्पादनको क्षेत्र पनि भन्न सकिन्छ।
साच्चै भन्नु पर्दा हलेसी तुवाचुंग नगरपालिका एक पर्यटकीय संगम रहेको छ। यो प्राकृतिक सौन्दर्य तथा धर्मिक संगम एकचोटी नगई नहुने क्षेत्र हो भन्ने मा दुइ मत छैन साच्चै सौन्दर्यको केन्द्रको रुपमा लिन सकिन्छ।
यो नगरपालिका अथवा यो नगरपालिकाको मुटु साथै नेपाल राष्ट्रको मुटु हलेसी महादेव साच्चै नगई नहुने एक क्षेत्र हो ,जहाँ पुर्व मध्यपहाडी लोकमार्ग हुदै बस को यात्रामा काठमाडौँबाट २२० किमि टाढा रहेको छ।
पख्नुहोस है ,तपाई एक चोटी घुम्न जाने होइन त खोटाङ्ग हलेसी पूर्व को पशुपतिनाथ प्रकृतिको एक सौन्दर्य क्षेत्र।
कृपया पढिसक्नु भयो भने राम्रो लाग्छ भने अनि आफ्नै थापथालो को बारेमा सबै ठाउँ पुगोस भन्न चाहनुहुन्छ सबै ठाउ मा पोस्ट गरिदिनुहोला साथै सेयर गर्दिनु होला।
के कमीकमजोरी छ, प्रतिक्रिया जनाई दिनु होला।
Tags:
Travel diary