"मेरी आमा प्यारी आमा।"






खोई किन आज बिहानीको मिर्मिरे मै उनको याद आयो,सायद नौं डाडा पारी भएकोले होला उनकै न्याश्रो लागेर होला ,फोनमा तँ कुरा गरे तर कहाँ मन मान्दो रहेछ तँ ? सधै आफ्नो मनमा राखिरहने मेरी आमा मेरी प्यारी आमा, उनको यादमा नै केहि कोर्न  मन लाग्यो केहि लेख्न मन लाग्यो ,केहि याद सम्झन मन लाग्यो, उनकै काँखमा लुतपुतिन्न मन लाग्यो , उनैको यादमा सधैँ हुन मन लाग्यो, उनकै छहारी हुन मन लाग्यो।
भनिन्छ नि  ;
नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥
अर्थ हुन्छ ,
आमाको  जस्तै त्यहाँ छायाँ छैन, कुनै आश्रय छैन , कुनै सुरक्षा छैन। यस संसारमा आमा जस्तो कोही दाता छैन।
मेरी आमा,मेरी  प्यारी आमा मेरै बाटो हेर्दै हॊलिन् ,पिढीका ति भित्ताहरुमा अधेश मारी मेरै याद कोर्दै होलिन् , मेरै आउँने दिन गन्दै होलिन् , कहिले हाँस्दिहोलिन, कहिले रोदी होलिन मलाई नै सम्झिएर मोतीका दानाहरु झार्दिहोलिन।कसरि वयान गर्न सक्छु होला र मेरी आमा तिमीलाई सधैँ नमन गर्न चाहन्छु ,सधैँ तिम्रो छायाँ हुन चाहन्छु, सधैँ तिम्रो हतियार हुन चाहन्छु, जन्मौं जन्म तिम्रै काखमा हुन चाहन्छुतिम्रै प्यारो सन्तान हुन चाहन्छु।

      भनिन्छ नि आमा भन्ने शब्द कति प्यारो अनि उतिकै गहन छउतिकै तागत छउतिकै शहनशिलताउतिकै अहम भूमिकाके भनोम जति भनेर पनि भन्न सक्दिन, तिम्रो वयान गर्न खोज्छु तर सक्दै सक्दिन जति गर्छु सबै अपूग नै हुन्छ मेरी आमा। खोई आज लेख्न चाहन्छु ,तिम्रा ती पिडाहरुलाई समेट्न चाहन्छु ,तिम्रो ती पिडाहरुलाई मेट्न चाहन्छ ,तिमि संगै रम्न चाहन्छु,तिमीलाई खुशी दिन चाहन्छु  मेरी आमा।


        हो, हामी सबैको हाम्रो आमाको हँसिलो अनुहारबाट हाम्रो दिन शुरूवात गर्दछौं। जब मेरो दिन सुरु हुन्छ तब  मेरी आमा बिहान सबेरै उठ्नुहुन्छ। मेरो लागि, मेरी आमा यस ब्रह्माण्डमा प्रेम र इमान्दारी, वफादारी, धैर्य र दयाको उत्कृष्ट उदाहरण हुनुहुन्छ। उनी हाम्रो ख्याल विचार  कसरी राख्ने भन्ने कुरा जान्दछिन। धेरै सानै उमेरदेखि नै होला म उनको प्रशंसक भएँ किन भने  मलाई मेरी आमाको मेहनती र समर्पित प्रकृति मन पर्दछ। मेरी आमाले मेरो जीवनलाई नयाँ आकार दिन धेरै त्याग गर्नुभयो। उनले मलाई  नौं नौं महिना पेटमा हुर्काइ जन्म दिनु भयोदशधारा दुध पिलाउन्नु भयोअत्यन्त प्रेम र हेरचाहमा हुर्काउन्नु भयो । उनले मलाई बुझ्न सक्दछ जब  कि म एक  शब्द पनि बोल्न  सक्दिनँ।लाग्छ आमा साँचो प्रेमको अर्को नाम हो। एउटी आमाले आफ्नो सन्तानलाई  निःस्वार्थ प्रेम गर्दछिन  तर बदलामा केहि आशा वा माग गर्दैनन् । मेरी आमा जसलाई म मेरी  आमा भन्छु  नि घरले घरलाई  नै परिणत गर्दछ उनी हुन् मेरी आमा, मेरी प्राण।

       मेरी आम  घाम झुल्नु भन्दा पहिले उठ्छिन् र आफ्नो कर्तव्य पूरा गर्न थाल्दछिन ,भाले को डाग सँगै मेरी आमा जातोको तालमा नाच्दछिनभित्री देखि बाहिर सबै काम सकि मलाई खानेकुरा ठिक पार्न भ्याउछिन ।मेरी आमा सबै भन्दा व्यस्त  भएर पनि सन्तानको खुशीको लागी सधै फुर्सदिली छिन् । मेरी आमा मेरो पहिलो गुरु हुनुहुन्छ, जब कि म ताते ताते गर्न नजान्दा मेरै  हात समाई मलाई नै आफ्नै खुट्टामा उभ्न सिकाउन्नु भयो। उनैले मेरो नैतिक चरित्रलाई चित्रण गर्न  महत्वपूर्ण भूमिका खेल्नुभयो । जब कि म बिरामी हुन्छु नि  तब मेरी आमा निद्राको रात बिताउदछिन र मेरै हात समाई पर्खि बस्ने छिन मेरै नजरियाको लागि।

मेरी आमा शब्द शब्दमा भावना र प्रेमले भरिएकी छिन्। कति प्यारो अनि कति आनन्दमय दुई अक्षरले  बनेको शब्द साँच्चिकै अमूल्य रहेको छ। यी  मीठो  शब्दको मूल्य साँच्चिकै ती बालबालिकाहरूले महसुस गर्ने  गरेका छन कि जसले  कसैलाई "आमा" भन्न पाउदैनन् अब गर्भासाथ भन्नुस कि जो सँग आफ्नी आमा हुनुहुन्छ  नि  तपाई सँग तपाईको आमा हुनुहुन्छ भनेर यो अमुल्य आमाको सधै छायाँ बन्नुस् यति सम्झिनुस कि तपाई यो धर्तीमा तपाईकी आमाको कारण ले हुनुहुन्छ भनेरसधैँ सम्मान गर्नुस् कि, ति अमूल्य ममता माई आमाको, सधैँ  जित्नुहुनेछ ,सधैँ खुशी पाउन्नु हुनेछ। 
मेरी आमा जब खुशी हुन्छिन त्यो बेला हुने छ कि  सन्तानको खुशीको क्षणमेरी आमा तव खुशी हुन्छिन नि जव सन्तानको मुहारमा खुशी हुने , कसरि वर्णन गर्न सक्छु र जति गरिराको छु नि सबै अधुरा अनि अपुग नै छ। जब बाटोमा ति आमालाई देख्छु नि साच्चिनै मेरो मनले मेरी आमा साथ खोज्ने गर्दछकहिले नथाक्ने, कहिले सन्तान बोझ नहुने। मेरी आमा ,मेरी प्यारी आमा ,मेरी प्राण।

सम्झदै छु कि मेरी आमालाई जब म हरेशमा हुन्छु नि मेरी आमा मेरी साहस बनेर आई दिन्छिन  अनि मेरो खम्बा भएर सधैँ दटिरहनछिनयाद गर्दै छु  मेरी आमालाई जव म झुटको मझेरीमा अलमल्लिरहेको हुन्छु नि मेरी आमा मुसुक्क हास्दै मेरै झुटलाई साथ दिईराकि हुन्छिन किन कि सन्तानको खुशी नै उनैको खुशी हुनेछजव मलाई चोट लाग्छ नि मेरी आमालाई पिडा हुने गर्दछ।
 "कहिलेकाँही मातृत्वको बल प्राकृतिक कानून भन्दा ठूलो हुन्छ"
अर्थपूर्ण यो भनाई लाई कसरि अर्थ दिऊ जब कि मेरै गल्ति  हुदा पनि मलाई हाँसी खुशी माफी दिने मेरी आमासधैँ सन्तानको खुशी चाहने मेरी आमा,लाग्छ मेरी आमाको जस्तो तागत मेरो लागि केहि छैन जस्तोप्राकृतिक कानुन भन्दा कयौँ गुना बलतागत भएको मेरी आमा। 

रुडयार्ड किपलिङ्गले ठीक भनेका छन कि "परमेश्वर जहिले पनि हुनुहुन्न, त्यसैले उहाँले  आमा बनाउनुहुन्छ"। सबै कुरा सुरु हुन्छ र मातृत्वमा समाप्त हुन्छ। मैले सधैं मेरी आमाको काखमा शान्ति र कोमलता फेला पारेको छु। उसको गोद ध्वनि निद्राको लागि सबैभन्दा आरामदायक ठाउँ मानेको छु सधैँ  त्यो काख न्यानो नै लाग्छ जति ठूलो हुदैँ जान्छु नि त्यति नै मेरी आमाको काख प्यारो लाग्दैन जानेरहेछ ,लाग्छ मेरी आमाप्रति सधै ऋणी नै रहनेछु तर मेरी आमा जहिले चाहन्छिन कि मेरो सन्तानको मुहारमा सधैँ खुशी छावस भनेर, मेरो आमाको अनुहार मेरो लागि स्वर्ग हो,मेरो खुशी हो, मेरो चाहना हो, मेरो लागि भगवानको अर्को रुप हो मेरी  आमा मेरी आमा म सँग भगवान अर्को रुपमा हुनुहुन्छ  मलाई निस्वार्थ प्रेम गर्नु हुन्छ सधैँ  आशिर्वाद दिनुहुन्छ,सधैँ  हिम्मत दिनुहुन्छ बिनाशर्त मलाई सधैँ विजयी बनाई पुरस्कृत गरिरहनुहुन्छ।


मेरी आमा, आज यो धेरै टाढाको गिद्धै  गिद्धको शहर बाट सम्झिदै छुतिम्रै मायाको भोको भएको महशुस गर्दैछु सायद टाढाको शहरमा भएकोले होला। आमा तिमीलाई कुन शब्दमा धन्यवाद दिऊ सधैँ ऋणी छु ,तर सधैँ खुशी अनि सुखी राख्ने कोशिस गर्दैछुतिम्रै खुशीको क्षण हेर्न हरदिन तड्पिरहेको छुतिम्रो खुशीको लागी धेरै मेहेनत गर्दैछु तर तिमीले मेरो खुशीको लागी गरे जति त सक्दिन होला तर हरदम कोशिस गर्नेछु। तिमीले सिकाएको बाटो हिदैछु, तिम्रै साथ खोज्दैछु। तिम्रो सम्झना मै हररात कताउदै छु।  चाडै फर्किने छु आमा, तिम्रै काखमा लुतपुतिनेछु, तिम्रै खुशी लिई फर्किदै छु आमा ,मेरी आमा,प्यारी आमा,मेरी प्राण प्यारी।





लेख्ने कोशिस गरेको छुके कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।

राम्रो लागेमा सेयर गर्दिनुहोला धेरै भन्दा धेरै।
धन्यवाद।  

Intact Nepal

Hi, I am IntactNepal, CEO of IntactNepal. I am a man whose road to success is under construction. A freelancer blogger by fate & blogging by passion. You can add me to the social profiles below.

Post a Comment

Please don't enter any spam link in the comment box.

Previous Post Next Post