"डुब्न लागेको घाम झैँ भएको छ मेरो देश।"



लाग्छ समय संगै मन परिवर्तन  हुदै जाडो रहेछ , मान्छे उहि ,रुप उही ,रंग उही , शैली फरक , बाच्ने जिन्दगि फरक। समय सापेक्क्षित परिवर्तनका लहरहरु संगै मडारिएको मेरो मन खोइ के -के सोच्न पुग्दो रहेछ ,कहिले आफ्नो कहिले अरु कसैको ,कहिले तँ आफ्नो जन्म भूमिको, यस्तै यस्तै सोचाईलाई चिर्न नयाँ रुप लिनु पर्दो रहेछ, त्यहि सोचाईलाई बुलन्द बनाउन्न आज नयाँ कुरा  सोच्न मन लाग्यो, आवाज झिक्न मन लाग्यो, केहि कोर्न मन लाग्यो, रास्ट्र प्रेम देखाउन्न मन लाग्यो, रास्ट्र भक्ति देखाउन्न मन लाग्यो।

         हिमालको छानो पहाडको पर्खाल तराईको जगले अडिएको मेरो देश लाग्छ अति नै सुन्दर। प्राकृतिक वनोट ठ्याक्कै एउटा सुन्दर घर जस्तै, स्थिर तराईको जग संगै कहिले नभत्किन्ने पहाडको पर्खाल अनि  कहिले नझुक्ने शिर हिमालको छानो सधै मुस्कुराई रहेको छ।  खोइ के संग तुलना गर्न सक्छु र?  मेरो देश अलिक फरक, धेरै भाषी,धेरै जाती, धेरै धर्म, धेरै संस्कार, आफ्नो ठाउँको आफ्नै पहिचान, साच्चै भन्नु पर्दा पृथ्वी नारायण शाहको भनाईलाई उजागर गर्न मन लाग्यो, चार जात छत्तिस वर्णको साझा फुलवारी हो मेरो देश. पुर्व हेर्यो साकेला र धान नाच संगै तराईमा इद र छत् को लहर ,पश्चिममा हेरौं गौराको रमझम, हिमालमा तेजी र ल्होसार  संगै दशैं र तिहारले झनै सृगारिन्ने  मेरो देश। खोइ आज कता कता आँशु झारिरहेको  जस्तो लाग्दै छ , कहिँ कतै बाट नदेखिन्ने ब्वासाहरुले गिद्दे नजर लगाई रहेको भान हुदै छ। खोइ अजिव अजिवका प्रश्नहरु तेर्शिरहेको आभास हुदै छ, सुन्दर राष्ट्रको  कल्पना संगै नमिठो तित्तताले मेरा जिब्रो लरबरिरहेको आभास हुदै छ।


                मेरो देश हेर्दा देशभक्ति आउछ नि तर के गर्नु ? सोचेर मात्र नहुदॊ रहेछ, सोच्न तँ सोचे नि सोच्नेहरूले पानीजहाज देखि घर- घरमा ग्यासको पाईप  अनि नेपाललाई  स्विजरल्याण्ड बनाउँने सम्मको, हे सोच्नेहरू कमसेकम यति तँ सोच नेपाललाई नेपाल नै बनाउँने, यस्तो सुन्दर देशलाई किन अरु राष्ट्र जस्तो बनाउँने सोच्छौं? सक्छौँ भने नेपाललाई नेपाल नै बनाउँने कोशिस गर, भित्र- भित्रै खोक्रो पार्ने कोशिस नगर। तिमीहरुलाई धर्ती माताले सराप्ने छ खोक्रो बनाउँने कोशिस गर्छौं भने। भित्र-भित्रै खोक्रो पार्दै गरेको देख्दा अनि सुन्दा साच्चै नैं यो बहादुर नेपालीको सन्तानहरुमा तातो खुन उम्लेर आउने गर्दछ  तर के गर्ने यहाँ देश बनाउँने तिर भन्दा खोक्रो पार्नेको ताती छ, कठै मेरो देश आज डुब्न लागेको घाम झैँ भईरहेको छ।

                     देशले शान्ति खोजिरहेको छ क्रान्ति होइन ?, देशले आफ्नो अस्तित्व खोजेको छ, देशले नेपालीपन खोजेको छ, देशले आफ्नो गौरव खोजेको छ, देशले कर्मठ अनि  बुलन्द आवाज खोजेको छ, देशले निडर भावना खोजेको छ, देशले गौतम बुद्धको देश र सगरमाथाको शिखर  खोजेको छ, साच्चै भन्नु पर्दा देशले आफ्नोपन खोजेको छ देशले साझाँ फुलवारी खोजेको छ। देशले बहादुर खोर्खाली खोजेको छ, यहि चिनाउन्न देशले नयाँ  सृस्ती खोजेको छ,देशले शान्त- सुन्दर नेपाल खोजेको छ।

भित्र- भित्रै ती  चिनिन्ने नचिनिन्ने  ब्वासाहरुले खोक्रो पारिरहेको  मेरो देशलाई आज प्रकृतिले पनि चुनौती दिदै छ कि डुब्न लागेको घाम जस्तै बनाउन्न।  विगतका ती घाउँका टाटाहरु निको हुन नपाउदै,त्यहि घाउँका टाटाहरु चिथोर्ने काम आज त्यहि प्रकृतिले गर्दै छ। सम्झिन मन लाग्यो ती बिर्सन नै नसकिन्ने झलक भनौँ  कि के भनौँ !प्रकृतिले दिएको  चुनौती २०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेट जादाँको त्यो कहाली लाग्दो घटना, गोरखा केन्द्रबिन्दु। लगभग ९००० जनाको मृत्यु, लगभग २२००० जना घाइते भएको घटना सेलाउन्न नपाउदै , आज मेरो देश फेरी अर्को चुनौती COVID-१९  सँग  सामना गरिरहेको छ लडिरहेको छ ,डतिरहेको छ ,कठै मेरो देश।  साच्चै डुब्न लागेको घाम झैँ भएको छ मेरो देश।

             मेरो देश प्राण भन्दा प्यारो, आज यस्तो ठूलो महाँमारी सँग लडीनै रहेको छ, डतिनै रहेको छ, सलाम गर्न मन लाग्यो ती वीर योद्दाहरुलाई जो आफ्नो ज्यानको बाजी राखेर लागिपरिरहेका छन।  सलाम गर्दै छु आज यी स्वास्थ्यकर्मिहरुलाई, नेपाल प्रहरीहरुलाई,नेपाल शैनिकहरुलाई, एम्बुलेन्स चालकहरुलाई अनि फेरी सलाम छ यी बुझोकी नेपालीहरुलाई जसले घर मै बसेर आफ्नो सुरक्षा आफैँ गरिरहेका छन्।


        हो मान्छेहरु फरक स्वभावका  हुन्छन,फरक सोचाई भएका हुन्छन, फरक अवस्थामा हुन्छन,जिउन्ने तरिका फरक होला,कोहि महलमा बस्लान, कोहिँ कटेरोमा बस्लान तर सबैको सपना त एउटै हुन्छ नि न्यानो निन्द्रा अनि खुशियाली क्षण। कोहिँ दुई छाक तार्न दिन प्रति दिन भौतारिन्नु पर्ला, कसैकोमा धेरै भएर मन जानी गर्लान  तर सबैको चाहना छ देश सुन्दर समृद्द  भएको हेर्न ,सधैँ मुस्कुराई रहेको हेर्न, कोहि पराई नभएको हेर्न ,सबै एक जुट भएको हेर्न, सबै नेपालीहरु जो आफ्नो देशका लागि र आफ्नो लागि सधै लडिरहने छन, सुन्दर अनि समृद्द राष्ट्र हेर्नको लागि भौतारिरहेका छन्।

              यस्तो नाजुक अवस्थामा , मेरो देश रोईरहेको बेला; कुर्सिको लागि होइन महान माननीय ज्युहरु, यो अवस्थालाई कसरि सुझाउन्ने तिर सोच्ने गरौँ ,एक जुट भएर लाग्ने गरौँ  पक्कै देशले काचुली फेर्ने छ अनि सुखी, समृद्द सारा नेपालीहरुले चाहेको राष्ट्र बन्ने छ।" एक थुकी सुकी सयौँ थुकी नदि" भने झैँ ,पक्कै सबै जुट्ने हो भने, सबैले बुझेर लाग्ने हो भने पक्कै बादल पारि डुब्न लागेको मेरो देश फेरी चम्किने छ, अनि हिमालको हिउले तलकाउन्ने छ मेरो देश, चम्किला घामका किरणहरुले धानका बालाहरुमा सुनको सुघन्ध छर्ने छ, डाफे अनि मुनाल हिउँमा नाच्ने छ ,झरना र खोलाहरुले मिठो तरङ्ग छर्ने छन ,चराचुरुंगी र हरियाली वनजंगल र कला-संस्कृतिले  सधैँ नेपालीपन झलकाउन्ने छ, नयाँ नेपाल बन्ने छ सुन्दर देश भनेर चिनिन्ने छ ,नेपाल स्विजरल्याण्ड जस्तो बन्ने होइन, नेपाल नेपाल नै बन्ने छ। आऊ सँगै हातेमालो गरौँ देशलाई समृद्द तिर अघि बधाऔ। जय नेपाल जय देश ,सुन्दर नेपाल हाम्रो पहिचान।
धन्यवाद।

लेख्ने कोशिस गरेको छु ,कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।

Comment box मा  comment गर्दिनुहोला। 
Intact Nepal

Hi, I am IntactNepal, CEO of IntactNepal. I am a man whose road to success is under construction. A freelancer blogger by fate & blogging by passion. You can add me to the social profiles below.

2 Comments

Please don't enter any spam link in the comment box.

  1. सोचाई र लेखाई राम्रो छ अझ प्रयास जारी राख्नु शुभ कामना।

    ReplyDelete
Previous Post Next Post