फर्केर हेर्दा श्री पन्चकन्या प्रावि, खोटाङ्ग।


                                                                            स्रोत: सामाजिक संजाल।
"भनिन्छ नि पाठशाला एक मन्दिर हो भने शिक्षक भगवान हो।" यो विधालय खोटाङ्ग जिल्लाको साबिक महादेवस्थान गाबिस वडा न. १ काभ्रे, हाल हलेसी तुवाचुंग नगरपालिका वडा न. ७ मा अवस्थित रहेको छ।

कता कता यो  लकडाउन(महामारी) को अवस्थामा कति मनमा कुराहरु खेले कति यतिकै सेलाए कति त सपना को सपना मै विलिन भए।  कति कुरा लेख्दा लेख्दै बिच बाटो मा नै रोक्किन्न पुगे ,सायद यी सबै कुरा यहि लकडाउन एउटै कोठा मा भनोउ वा घर को घरैमा मानस पटल मा नकारत्मक सोचले गर्दा भनोम कति काम तपाई हामी सबैले बिच मा नै छाडेको छौँ होला।  तर नकारात्मक सोच आए पनि आफ्नो बितेको मिठा पलहरु त सम्झिने सबै परिवार संगै रमाइलो गर्ने क्षण बनेको छ नि होइन तँ ?




धन्यवाद।
         यस्तै केहि नकारात्मक सोचलाई जितेर आफुले सानो छ दा सिकेको अक्षर संगै आफुले पढेको विधालय आफ्नो गुरुवार्गहरुलाई याद गर्न मन लाग्यो  अनि तपाई हामी सबैले एकचोटी स्मरण गरौँ  है त आफ्ना गुरु वर्गहरुलाई अनि आफुले सिक्नको लागि गएको त्यो मन्दिरलाई।  भनिन्छ नि मन्दिर सधैँ सबैको लागि एउटै हुन्छ जहाँ बाट हामीले सकारत्मक ऊर्जा प्राप्त गर्छौं।  यस विधालय बाट कति विधार्थी पास गरे कतिले जागिर खाए कति ठुलो मान्छे बने तर सबैले आफ्नो धरातल त बिर्सिनु हुन्न नि ,यसै धरातललाई कायम  राख्दै मलाई सम्झिन मन लाग्यो त्यो मन्दिर ,हामी सबैको मन्दिर केहि शिक्षक हरु त परिवर्तन भए होला कति शिक्षक यहि होला।  समग्रमा सम्झेने कोशिस गरेको छु।
अनि धन्यवाद दिन चाहन्छु मेरो सम्पूर्ण गुरुवर्गहरुलाई मलाई ढिलाई वा चाडै भनोम केहि सम्झने एउटा बाटो बनाई दिनु भएकोमा अनि मलाई एक सक्षम सहनशील मेहेनती नागरिक बनाइदिनको लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा साथ दिनु भएकोमा।
                                                                                                                                                                 
       
मेरो बिधालयको नाम हो श्री पन्चकन्या प्रावि,वास्तवमा यो विधालयको सुरुवात वि.स.२०३८ सालमा भएको होसुरुवाती दिनमा यहिँ वडाका बासिन्दा मिलि खर्च उठाई पढाउन्ने काम हुन्थ्यो। त्यस पश्चात प्रधानपंचा हरि चन्द्र गिरि र यसै वडाको वडा अध्यक्ष नारायण दाहाल द्वारा विधालय सन्चालन निरन्तर हुन गएकोसाथै शिक्षकका रुपमा टंक हरि तिम्सेना हुनुहुथ्यो पढाई सामान्य हुने गर्थ्यो  त्यस पश्चातवि.स.२०४४ सालमा नेपाल सरकार द्वारा स्वीकृत भई कक्षा १ बाट सुरुवात भएको यो विधालय। यस विधालयको अध्यक्ष पर्शुराम दाहाल हुनुहुन्थ्यो र साथै गुरु राम कुमार राई हाल कार्यरत हुनुहुन्छ साथै यसै विधालयमा  प्राध्यापक हुनुहुन्छ। सुरुवाती सालमा धेरै विधार्थीहरु थिए हाल पनि छ तर पहिलेको तुलनामा अलिक कम नै होला किन भने सरकारी विधालय भएको नतिजाले होला।


कति  शिक्षकहरु परिवर्तन भए होला  सबैको  नाम लिने कोशिस गरेको छु।
रामकुमार राई ,कृष्ण बहादुर श्रेष्ठ ,चन्द्र चन्द्र कुमार राई,खिला प्रशाद दाहालगणेश तिम्सेना,सम्बर भुजेल,सर्मिला राई,जीवन राई, कौशिला राई,कल्पना राई,बिन्दा भुजेल,कविता भूजेल, निर्जला राई। हाल कार्यरत रामकुमार राई (प्राध्यापक),गणेश तिम्सेना,कल्पना राई,निर्जला राई(का.स.),कविता भुजेल(बा.वि.के) रहेका छन।

प्रथम ब्याचका केहि विधार्थीहरुको नाम लिन चाहन्छु धेरैको छुट्न सक्ला तर मैले प्रतिनिधिका रुपमा नाम लिन गएको हूँ राजकुमार तिम्सेना (हाल प्राध्यापक ),लक्ष्मण राई (मलेसिया), सम्बर भुजेल (नेता तथा कर्मचारी),ललित राई (व्यापारिक ),सुवास राई,श्रीध्वज राई जस्ता धेरै विधार्थीहरु पास भएर गए।  सबैले आफ्नो आफ्नो ठाउँ बाट सम्झना गर्नु नै भएको होला तर मैले चै लेख्ने कोशिस गरेको छु।

        यस विधालयबाट लगभग २००० भन्दा माथि बिधार्थी पास भैसकेको छ। हाल कक्षा ५ सम्म अध्यापन गराईन्छ।यो विधालय यसै नगरपालिकाका सरकारी विधालयहरु मध्ये एक उत्क्रिस्त विधालयको रुपमा लिन सकिन्छ म आफु अध्यन गरेकोले भनेको होइन यो कस्तो छ भन्ने त इतिहास नै छ दै छ नि के कस्तो नतिजा छ यसैले बताउछ नि। यस बिधालयमा धेरै टाढा टाढा बाट अध्ययनको लागि आउने गर्दछ।
    
      एकचोटी सम्झौन्न्न हामीले विधालयमा गरेको क्रियाकलापहरु,भाले जुधाई खेलेको,बनमाराको चुंगी खेलेको,डन्डी बियो खेलेको, सम्झिउन्न नजानेको बेला शिक्षकहरुबाट कारबाही स्वरुप भाले भएको, अर्को कुरा सम्झिऊ कालो पाटिमा सेतो माटोको चकले लेखेर पढ़ाउन्नु भएको, चिसो मौसममा घाममा बसेर पढाउन्नु भएको सम्झिऊ जति गर्दा नि यी पलहरु रमाइलो लाग्छ नि है। अर्को मिठास त सबै साथीहरु मिलि आफ्नो कक्षा,विधालय सफा गरेको,सबै संगै मिली कालो पाटी पोतेको,सबै बिधार्थीहरु संगै शिक्षकहरु मिलि बगैचा बनाएको, अनि अर्को तिर सम्झिउन्न ठुलोले सानोलाई माया गरेको कतिले बच्चापनको झगडा, सबै कति रमाईला पलहरु छन होइन त फेरी सम्झिनुस है सबैले,अर्को कुरा छुट्यो जस्तो लाग्यो आफुले नजानेर आफ्ना साथीहरुले मायालु तरिकाले गालामा झापड हानेको अनि आफुले नि साथीहरुलाई हानेको सम्झिउन्न कति रमाइलो छ है ति बच्चपन, ति सम्झना, यी रमाईला पलहरु बालापन को।  अनि ब्रेकको समयमा नास्पतिको रुखमा चढेकोपखामबेद खोज्न जंगल कुदेकोअरु धेरै यादहरु छन् नि होइन तँ? यो विधालय को परिवेश सम्झोउन्न विधालय वरिपरिका घरहरु सहयोगी हातहरु पानी माग्दा मोही दिने कस्तो थिए ति दिनहरु ति घरका साइनो अनुशार को नातेदारहरु सधै माया गर्नुहुने सबैलाई सम्झन चाहे , विधालय सँगै रहेको पानीको धारा सँगै रहेको बयासको रुख यसको लहरामा झुन्दिएर खेलेको पिङ्गकतिलाई त याद होला नि ब्रेक समयमा दगुर्दै ठूलो चौँर गएर दगुर्दै आको, लालिगुरास टिपेको, सुनाखरी ल्याएर आफ्ना पुस्तक टालेको कागजका विभिन्न खेलौना यहिँ सुनाखरीले तासी बनाएको, पाखाम वेदलाई कसले कालो बनाउँने भनेर कयौँ दिनसम्म खाईराख्ने गरेको, घर फर्कने बेला ऎसेलुखर्कका त्यो मलान्ग्री गैरी हुदै गीत गाउदै कमिलाका ताती झैँ हिडेको तेस्तै काभ्रे माथि तिरका पनि उस्तै लावालस्कर भएर हिडेको भालुखोप,देखि नवलपुर,गारबु सबै ठाउको फर्कने बेलाको लावालस्कर सारै यादगर रहेको छ। सँगै ज्ञानेप्पाको पसल केहि किन्न पर्यो भने खुरुरु कुदेकोत्यहि नजिकको वर खाएकोऐसेलु टिपेर खाएको समहू समूह भई जँगल घुमेको,बेला बेला शैक्षिक भ्रमण गएकोहाजिरजवाफम्युजिकल चियरहण्ड फोरलुकी डुम जस्ता कयौँ खेल खेलेको, बासको कप्तेरो को फिरफिरे बनाएर कुदेको, विभिन्न किसिमका भमरालाई समाएर धागोले बाधेर उदाएकोकयौं सम्झनाहरु छ दै छ नि होइन त? धेरै छुटेको होला अतितका तिता मिठा कुराहरु सम्झौन् एकचोटी ?


समयको परिवर्तन संगै बिधालयको संरचना परिबर्तन भयो होला तर जे-जस्तो भए नि आफ्नो आफु पढेको विधालय को त याद गर्न मन लाग्दो रहेछ। यस बिधालयबाट पास भएर जाने कयौँ बिधार्थीहरु सरकारी कर्मचारी भएका छन् ,कति शिक्षक भएका छन्, कति प्रशाशकिय क्षेत्रमा छन्कति प्राविधिक क्षेत्रमाकति स्वास्थ्य क्षेत्रमा कार्यरत छन्, कति तँ देशलाई समृद्द बनाउन्न राजनीतिक क्षेत्रमा छन्, कति संघर्स अवस्थामा छन, कति प्रतक्ष्य अप्रतक्ष्य रुपमा आफु आफ्नो स्थिति राम्रो बनाएका छन।

सबै विधार्थीहरुको नाम लिन सकिन केहि प्रतिनिधित्व गर्नका लागि मेरो अग्रजहरुको नाम लिएको छु, सबैले एकचोटी थोरै समय लिएर भए पनि आफ्नो पाठशाला आफ्नो मन्दिरलाई सम्झिने कोशिस गर्ने हो कि ? कहिले स्थापना भएको रहेछ को थिए प्रथम ब्याज ,इतिहास सम्झने कोशिस गर्ने हो कि सिक्ने कोशिस गर्ने हो कि ?जान्ने कोशिस गर्ने हो कि ?  सँगै आफ्नो विधालयको संरक्षण गर्न सधै अमर बनाई राख्न के गर्न सकिन्छ एउटा इतिहास सबै माझ राखिराख्न के गर्न सकिन्छ एकचोटी फर्केर हेर्ने हो कि? हामी सबै गर्भका साथ भनौँ  कि यो विधालय हामी पढेको हाम्रो मन्दिर हो भनेर। हाल कस्तो होला एक चोटी सम्झने हो कि ?

सम्पूर्ण पास हुने लगायत अध्ययन गरिराख्नु भएको सबैलाई शुभ-कामना।
सबै गुरुवर्गहरुमा हार्दिक नमन गर्न चाहन्छु।



यस बिधालयमा अध्ययन गरेर जानु हुने वा नहुने सबैले आफ्नो बिधालयलाई सम्झने कोशिस गर्ने हो कि ?

के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। 




Intact Nepal

Hi, I am IntactNepal, CEO of IntactNepal. I am a man whose road to success is under construction. A freelancer blogger by fate & blogging by passion. You can add me to the social profiles below.

Post a Comment

Please don't enter any spam link in the comment box.

Previous Post Next Post